Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महिला टी–२० शृङ्खला : तान्जानियाले नेपाललाई दियो ११६ रनको लक्ष्य

काठमाडौं । चार देशीय महिला टी–२० शृङ्खलामा तान्जानियाले नेपाललाई जितका लागि ११६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १५ रन बनायो । उसका लागि हुडा ओमारीले सर्वाधिक २५ रन बनाइन ।

बलिङतर्फ नेपालका संगिता राईले दुई तथा पुजा महतो, रुविना क्षेत्री र इन्दु बर्माले समा एक/एक विकेट लिए ।

नेपालले पहिलो पटक तान्जानियासँग खेलिरहेको हो । महिला टी–२० को विश्व वरियतामा तान्जानिया १९ औँ र नेपाल २१ औँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077