Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महिला टी–२० श्रृंखला : आज नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत आज आयोजक हङकङ र नेपाल प्रतिस्पर्धा गर्दै छन् ।

हङकङ क्रिकेट क्लब मैदानमा खेल दिउँसो पौने १२ बजे सुरु हुने छ ।

नेपाल जारी प्रतियोगितामा पहिलो जितको खोजीमा छ । बुधबार भएको खेलमा नेपाली टोली तान्जानियासँग २७ रनले पराजित भएको थियो ।

नेपाल आईसीसी महिला टी-ट्वान्टी वरीयतामा हङकङभन्दा एक स्थान मात्र अघि छ। नेपाल वरीयताको २१ औं र हङकङ २२ औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077