Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दशैंपछिका २० दिनमा काठमाडौंका ३७ ठाउँबाट १ करोडको धनमाल चोरी

काठमाडौं । काठमाडौं उपत्यकामा दशैंपछिका २० दिनमा करिब १ करोड रुपैयाँका धनमाल चोरी भएको छ ।

कात्तिक ११ गतेदेखि कात्तिक ३० गते राति नौ बजेसम्म काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका विभिन्न ३७ स्थानबाट गरेर एक करोड तीन लाख ६६ हजार १९५ बरारबरको धनमाल चोरी भएको हो ।

जसमा काठमाण्डौंका २५ स्थानबाट २७ लाख ७ हजार ४४५, ललितपुरका १० स्थानबाट २५ लाख ३० हजार ७५० र भक्तपुरका सात स्थानबाट सबैभन्दा बढी ५० लाख ५६ हजार बराबरको धनमाल चोरी भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यही २० दिनको अवधिमा काठमाडौंको ५ ठाउँमा लुटपाट भएको छ । लुटपाटमा संलग्नको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077