Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महिला टी–२० सिरिज : जापानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० आई सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिले नेपालले जापानविरुद्ध ब्याटिङ गरिरहेको छ ।

नेपाल पहिलो र दोस्रो खेलमा पराजित भइसकेको छ। यस्तै जापान पनि समूह चरणका दुई खेलमा पराजित भइसकेको छ। नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन्।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो। यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो ।

महिला टि–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077