Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महिला टी-२० सिरिज : नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

काठमाडौं । हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ ।

वाङ नाइमा जापानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ११३ रनको योगफल तयार पारेको हो ।

रुविना क्षेत्री बेलवासेले ३८ रन, पुजा महतो १३, सीता राना मगर ९, कप्तान इन्दु बर्मा २७, काजल श्रेष्ठ १५ र अस्मिना कर्माचार्य १ रनमा नटआउट रहे ।

जापानविरुद्धको खेलबाट तिव्र गतिकी बलर सोनी पाख्रिनले डेब्यु गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077