Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

काठमाडौं । चार देशीय महिला टी–ट्वेन्टी सिरिजमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ ।

प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको खेलका लागि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बनायो। नेपालका लागि ओपनर पूजा महतोले ४३ रन बनाइन्। क्याप्टेन इन्दू बर्मा १२ रन बनाएर आउट हुँदा रुविना क्षत्रीले २१ रन बनाइन्।

सिता राना मगरका नाममा ५ रन रह्यो। रोमा थापा २२ रन बनाएर रनआउट हुन पुगिन्। रुविना र रोमा रनआउट हुन पुगे।

जापानकी अरिका टोक्ची र आयुमी फुजिकावा र आहिल्या चण्डेलको नाममा एक एक विकेट लिए।

हङकङमा कमजोर सावित भएका नेपाल र जापानले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गरिरहेका हुन् ।

महिला टी–२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077