Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लप्सीफेदीमा प्रहरीमाथि आक्रमण गर्ने १४ जना रिहा

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका १४ जना रिहा भएका छन्।

शुक्रबार ४ जना र शनिबार १० जना गरी प्रहरीमाथि आक्रमण गर्ने १४ जना पक्राउ परेका थिए। पक्राउ परेका सबै जनालाई शनिबार राति नै छाडिएको प्रहरी वृत्त बौद्धले जनाएको छ।

सबैलाई सम्झाइ बुझाइ गरेर छाडिएको प्रहरीले जनाएको छ । लप्सी फेदीमा निमार्ण हुने विद्युतीय सब स्टेशनको विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ। सोही क्रममा प्रहरी र स्थानीयबीच शुक्रबार र शनिबार झडप भएको थियो।

बस्तीको बीचमा सब–स्टेशन निर्माण गर्न लागिएको भन्दै लप्सीफेदीबासी लामो समयदेखि आन्दालेनमा छन्। सब–स्टेशन निर्माण हुने ठाउँ नजिकै प्रहरी पोस्ट राख्न लागिएपछि शुक्रबार र शनिबार झडप भएको थियो।

झडपमा सशस्त्र प्रहरी बलका डीएसपी देवराज राईसहित ३ जना सुरक्षाकर्मी घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077