Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

झापा । झापा प्रहरीले मेचीपुल र सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१० धुलाबारी बस्ने २० वर्षीय रोहितकुमार पोदार र शिवसताक्षी नगरपालिका-१ बस्ने २९ वर्षीया कमला राउत रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले पोदारलाई मेचीनगर नगरपालिका ६ मेचीपुलबाट ३ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरी चौकी टाघनडुब्बा र बीओपी टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले राउतलाई झापा गाउँपालिका ४ स्थित सुकुम्बासी टोल जाने बाटोबाट १ ग्राम ७ सय ७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077