Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनलाइन जुवा खेलाएको आरोपमा ६ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन जुवा खेलाएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटा घर भई ललितपुर नख्खिपोट बस्ने ३० वर्षीय अंकित श्रेष्ठ, सोलुखुम्बु घर भई ललितपुर कुसुन्ती बस्ने २२ वर्षीय आमोश राई, उदयपुर घर भई ललितपुर थेचो बस्ने २० वर्षीया निका राई, सिन्धुपाल्चोक घर भई ललितपुर भैंसेपाटी बस्ने २९ वर्षीय विजय थापा, बाग्लुङ घर भई ललितपुरको खुमलटार बस्ने २७ वर्षीय पर्वत पुन र सोलुखुम्बु घर भई ललितपुर कुसुन्ती बस्ने २७ वर्षीय डेकेर राई छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले उपत्यकाका विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।

उनीहरुले अनलाइन गेम्ब्लिङ, अनलाइन क्यासिनो गेम खेलाउने गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077