Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सरकारले भन्यो – खाताबाट पैसा चोरी हुनसक्छ, भीपीएन र डीएनएस प्रयोग नगर्नू

काठमाडौं । सरकारले असुरक्षित नेटवर्क प्रयोग नगर्न अनुरोध गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै भीपीएन र डीएनएस प्रयोग गर्न व्यक्तिगत डेटा चोरी हुने, ईमेल अकाउन्ट ह्याक हुने, बैंक खाताबाट पैसा चोरी हुने, कसैको ब्ल्याकमेलमा परिनेजस्ता जोखिम बढ्ने भएकाले त्यस्ता नेटवर्क प्रयोग नगर्न सर्वसाधरणलाई आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘‘सामाजिक सद्भाव र नागरिक सुरक्षालाई ध्यानमा राखेर इन्टरनेट सेवा प्रदायकले डीएनएस र आईपी एड्रेसमार्फत् टिकटकको वेबसाइट बन्द गरे पनि कतिपय प्रयोगकर्ताले फ्रि भिपिएन र ओपन डीएनएसको प्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, मालवेयर क्रियाकलाप बढ्ने, गोपनीयता सुरक्षित नहुने, इमेल अकाउन्ट ह्याक हुने, इन्टरनेट स्पिड घट्न जाने, बैङ्क खाताबाट पैसा चोरी हुने, कसैको ब्ल्याकमेलमा परिने जस्ता जोखिम बढ्ने भएकाले यस्ता नेटवर्क प्रयोग नगर्न सबैमा हार्दिक अनुरोध गरिन्छ ।’’

सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि धेरैले भीपीएन प्रयोग गरेर टिकटक चलाएको पाइएपछि सरकाले सो अनुरोध गरेको हो ।

यसअघि नेपाल प्रहरीको साइबर ब्यूरोले पनि अवैध तरिकाले भीपीएन र डीएनएसको माध्यमबाट इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग गर्नु जोखिमपूर्ण हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077