Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हत्यामा संलग्न दुईजना १६ वर्षपछि लुकिछिपी बसेको अवस्थामा पक्राउ

विराटनगर । प्रहरीले हत्यामा संलग्न दुई जनालाई १६ वर्षपछि मोरङबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मिक्लाजुङ गाउँपालिका–१ का ७० वर्षीय देवीप्रसाद राई र ५० वर्षीय धनकुमार राई पक्राउ परेका हुन् ।

देवीप्रसाद मंगलबार र धनकुमारलाई गत शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै जनालाई गाउँघरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको दाहालले बताए।

देवीप्रसाद र धनकुमारले २०६४ जेठ २० गते राति मिक्लाजुङ–१ (साविकको रमितेखोला गाविस–४)का ३५ वर्षीय सन्तोष राईको हत्या गरेका थिए ।

जिल्ला अदालत मोरङले दोषी ठहर गर्दै दुवै जनालाई २०६७ सालमा जनही ५ वर्ष कैद सजायको फैसला गरेको थियो । तर, घटनापछि उनीहरु फरार अवस्थामा थिए । देवीप्रसाद र धनकुमारलाई अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077