Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

युवा संघको विरोध प्रदर्शन तीनकुनेमा सुरु

काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघको विरोध प्रदर्शन काठमाडौंको तीनकुनेमा सुरु भएको छ ।

गणतान्त्रिक व्यवस्था उल्ट्याउन लाग्नेविरुद्ध सरकारले कदम नचालेको र प्रमुख प्रतिपक्ष एमालेमाथि विभिन्न ठाउँबाट प्रहार भइरहेको भन्दै युवा संघले विरोध गरिरहेको हो ।

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा भएको प्रदर्शनमा एमालेका नेता, विभिन्न जनवर्गीय संगठनका सदस्यहरु सहभागी छन् ।

एमालेले यो कार्यक्रमको नाम सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थी प्रदर्शन भनेको छ । युवा संघले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पनि विरोध गरिरहेको छ ।

बैंकबाट लिएको ऋण नतिर्ने भन्दै बैंकहरूविरुद्ध विवादित अभिव्यक्ति दिँदै आएका प्रसाईंले पछिल्लो समय गणतान्त्रिक व्यवस्थाविरुद्ध नै अभिव्यक्ति दिँदै आएका थिए ।

एमाले नेता महेश बस्नेतको नेतृत्वमा नै युवा संघले विरोध प्रदर्शन गरिरहेको छ । युवा संघको प्रदर्शनमा एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077