Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टिफिनको समयमा छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

महोत्तरी । बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यालय सञ्चालक पक्राउ परेका छन् ।

बिहीबार दिउँसो विद्यालयमै सात वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका– ५ स्थित गौशाला एकेडेमीका शिक्षक जुगलकिशोर साहलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार टिफिनको समयमा चौथो तल्लाको छतमा लगेर प्रलोभन देखाएर उनले बालिकालाई बलात्कार गरेको जाहेरीको आधारमा साहलाई पक्राउ गरी मुद्दा चलाइएको छ ।

साहलाई महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थुनामा राखिएको छ भने घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077