Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ब्राउन सुगरसहित बर्दियाबाट दुई जना पक्राउ

बर्दिया । लागूऔषध ब्राउन सुगरसहित बर्दिया प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

गुलरिया नगरपालिका वडा नम्बर ११ का ४२ वर्षीय कलिम अहमत मनिहार र ३५ वर्षीय अयोध्याप्रशाद धोवी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार उनीहरुलाई शनिबार अपराह्न साढे ३ बजेतिर फक्राउ गरिएको हो।

उनीहरुको साथबाट १४ ग्राम ९७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

भे ३ प ८३७१ नम्बरको मोटरसाइकलमा रहेका उनीहरूलाई प्रहरीले बढैयाताल गाउँपालिका वडा नम्बर ८ पशुपति बजारबाट नियन्त्रणमा लिएको हो।

लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज रर बर्दियाको प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ परेकाहरुविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दायर गर्ने तयारी प्रहरीको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077