Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेप्सेमा उच्च अंकको वृद्धि, दुई अर्ब बढीको कारोबार

    नेप्सेमा उच्च अंकको वृद्धि, दुई अर्ब बढीको कारोबार

    अनलाइन नेपाल
  • आइतबार, १० मंसिर २०८०
  • 630
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्सेमा उत्साहजनक बृद्धि भएको छ ।

    पछिल्लो समय शेयर बजारको ओरालो यात्रा रोकीएर आज उत्साहजनक बृद्धि भएको हो ।



    आइतबार नेप्से २.५६ प्रतिशत अर्थात् ४७.७५ अंक बढेको छ । यस दिन २ अर्ब १ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो ।



    करिब २ महिनापछि मात्रै कारोबारले २ अर्ब नाघेको हो । यसअघि ९ असोजमा २ अर्बमाथिको कारोबार भएको थियो ।

    आइतबार कुल २१४ कम्पनीको मूल्य बढ्दा २३ कम्पनीको घट्यो भने ३ को स्थिर रह्यो । सबै समूहहरु बढेका छन् ।

    जीवन बीमा समूह सबैभन्दा धेरै ४.४४ प्रतिशत बढ्दा फाइनान्स समूह ३.९१, निर्जीवन बीमा ३.६७ तथा व्यापार समूह ३.५८ प्रतिशत बढे ।

    अंकका आधारमा वाणिज्य बैंक २१, विकास बैंक ९५, फाइनान्स ६३, होटल तथा पर्यटन ९०, जलविद्युत् ६०, जीवन बीमा ४४९, उत्पादन १५३, माइक्रोफाइनान्स ६७, निर्जीवन बीमा ३५८, अन्य २५ र व्या पार उपसमूह ९६ अंक बढे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार