Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोर्चुगल पठाईदिन्छु भन्दै १० लाख ठगी गर्ने निमराज पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पोर्चुगल पठाईदिन्छु भन्दै लाखौ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाँउपालिका-३ खलंगा स्थाई घर भई हाल काठमाडौं महानगरपालिका-२६ गंगबु बस्ने निमराज डाँगी रहेका छन् ।

पक्राउ परेको डाँगीले जोनसन श्रेष्ठलाई वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई दिने भन्दै १० लाख ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

डाँगीले मासिक १ लाख ५० हजार भन्दा बढी कमाई हुने भन्दै श्रेष्ठसंग १६ लाख रुपैयाँ मागेका थिए । डाँगीलेले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले डाँगीलाई आज गंगबुबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका डाँगीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077