Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दोहोरो अंकले घट्यो शेयर बजार

    दोहोरो अंकले घट्यो शेयर बजार

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 393
    SHARES

    काठमाडौं । सेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ।

    साताको दोस्रो दिन नेप्से परिसूचक ११.२७ अंकले घटेर १८९६.६७ अंकमा कायम भएको हो।



    आइतबार ४७ अंकले बढेर १९०७ विन्दुमा पुगेको सेयर बजार सोमबार भने ११.२७ अंक घटेको छ ।



    कारोबार रकम अघिल्लो दिनको तुलनामा खुम्चिएको छ । आइतबार २ अर्ब १ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार १ अर्ब ७५ करोडमा खुम्चियो ।

    कुल ६१ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ६ को स्थिर रह्यो । सबै क्षेत्रहरुको उतारचढाव सामान्य देखिएको छ ।

    बैंकिङ १०, विकास बैंक ७, फाइनान्स १३, जलविद्युत् १६, जीवन बीमा ९४, उत्पादन ४०, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ५४ र अन्य उपसमूह १ अंक घटे ।

    होटल तथा पर्यटन १२ र व्यापार उपसमूह भने १० अंक बढे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार