काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पोर्चुगल पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा दमक नगरपालिका-११ घर भई ललितपुर-३२ सानागाँउ बस्ने ४५ वर्षिय बुद्ध पंचकोटी रहेकी छन् ।
पक्राउ परेकी पंचकोटीले सागर लामिछानेलाई वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई दिने भन्दै ७ लाख ५० हजार ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पंचकोटीले मासिक १ लाख २० हजार भन्दा बढी कमाई हुने भन्दै लामिछानेसंग १५ लाख रुपैयाँ मागेका थिए ।
पंचकोटीले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।
पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पंचकोटीलाई आज ग्राण्डी अस्पतालबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका पंचकोटीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।