Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • २ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

    २ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 354
    SHARES

    फाइल फोटो

    काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ ।

    अघिल्लो दिन ११.२७ अंकले घटेको बजारमा आज थप २.१७ अंकले घट्दै नेप्से सूचक १८ सय ९४.५३ अंकमा झरेको हो ।



    आज कारोबार समेत घटेर १ अर्ब २८ करोड २ लाख रुपैयाँमा झरेको छ । अघिल्लो दिन ११.२७ अंकले नेप्से घटेको बजारमा १ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।



    आज फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, म्यानु एण्ड प्रो र म्युचुअल फन्ड समूहको उपसूचक बढेका छन् भने बाँकी बैंकिङ, डेभलपमेन्ट बैंक, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, ट्रेडिङ, अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् ।

    आज सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक ३.३३ प्रतिशतले बढेको छ ।

    आज बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीका सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीले ५.३३ प्रतिशतले गुमाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार