Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिका पठाइन्छु भन्दै १५ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अमेरिका पठाइन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ बस्ने विशाल श्रेष्ठ र शान्ति श्रेष्ठ रहेका छन् ।

विशाल र शान्तिले रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै चन्द्रबहादुर रावलसँग १५ लाख ठगी गरेका थिए।

उनीहरूले मासिक ३ लाख तलब हुने भन्दै प्रतिव्यक्ति ४० लाग माग गरेका थिए। श्रेष्ठद्वय पैसा ठगेर सम्पर्कविही बनेका थिए।

उनीहरुलाई थप अनुस्नधा गर्ने काम भएरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077