Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनलाइनमार्फत् एक करोड ९५ लाख बढीको सट्टेबाजी गर्ने आकाश पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ग्याम्बलिङ तथा अनलाइन बेटिङमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ का २६ वर्षीय आकाश रेग्मी छन् ।

अनलाइनमार्फत बाजी राख्न लगाइ सट्टाबाजी गराइ खेल खेलाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट बरामद भएका मोबाइलबाट रेग्मीले एक करोड ९५ लाख ९५ हजार ११७ रुपैयाँ कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले रेग्मीको साथबाट म्याकबुक प्रो एक थान, राउटर एक थान, आईफोन एक थान र २ लाख ३४ हजार रुपैयाँ तथा ३०० अमेरिकी डलर बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077