Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

काठमाडौंबाट ६ थान नक्कली नोटसहित एकजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शङ्खमूलबाट एक हजार दरको नोट पाँच थान र ५०० दरको नोट एक थान गरी जम्मा ६ थान नक्कलीजस्तो देखिने नोटसहित एकजना पक्राउ परेका छन् ।

धादिङ गजुरी गाउँपालिका–४ घर भई काठमाडौं शङ्खमूल बस्ने २३ वर्षीय सन्तोष चेपाङलाई मङ्गलबार राति प्रहरीले नोटसहित पक्राउ गरेको हो ।

शङ्खमूलस्थित खाजा घरमा नक्कलीजस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चेपाङलाई तलासी गर्दा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077