Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालिका बलात्कार गरेर फरार भएका व्यक्ति ७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा बालिकालाई बलात्कार गरेर फरार भएका एकजना व्यक्ति ७ वर्षपछि पक्राउ परेका छन् ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ बैकुण्ठेका २६ वर्षीय सुन्दर राईलाई बुधबार पक्राउ गरिएको हो ।

सुन्दरलाई प्रहरीले सोही गाउँपालिकाको वडा नम्बर १ स्थित ओख्रेबाट पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार सुन्दरले २०७३ असोज १९ गते राति ८ वर्षीया नाबालिगमाथि बलात्कार गरेका थिए । गत वर्ष माघ १८ गते जिल्ला अदालतले उनलाई ५ वर्ष जेल सजाय सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077