Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नक्कली भुटानी शरणार्थीसम्बन्धी निवेदन हेर्दाहेर्दैमा, अदालतले भोलि आदेश सुनाउने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको पुनरावेदन निवेदनमाथिको सुनुवाइ सकिएको छ ।

बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेको हो । शुक्रबार खाजा समय अगाडि सबै बहस सकाएर साँझसम्म आदेश आउने सम्भावना रहेको छ ।

निवेदनमाथि बुधबार साँझसम्ममा निवेदक प्रतिवादीका कानुन व्यवसायी तथा विपक्षी नेपाल सरकारको तर्फबाट बहस सकिएको थियो ।

बिहीबार निवेदकहरुका तर्फबाट जवाफी बहस भई साँझसम्म सकाउने भनिए पनि केही कानुन व्यवसायीको जवाफी बहस बाँकी रहेकाले शुक्रबार खाजा समय अगाडि सबैको जवाफी बहस सकाउने तयारी भएको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी, इन्द्रजित राई, तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलगायत २० जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका थिए ।

उनीहरुले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेको भन्द उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

उक्त पुनरावेदन निवेदनमाथि सुनुवाइ सकेको उच्च अदालतले बिहीबार उनीहरु थुनामा नै रहने, धरौटीमा छुट्ने वा साधारण तारेखमा छुट्ने आदेश गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077