Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा छुटेका ३१ यात्रुसँग मन्त्री किराँतीले मागे माफी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सले प्रधानमन्त्रीको यूएई भ्रमणका क्रममा बुधवार ३१ यात्रु छाडिएकोप्रति माफी मागेका छन् ।

बिहीवार काठमाडौँमा भएको एक सार्वजनिक कार्यक्रममा उनले माफी मागेका हुन् । उनले २७४ जना यात्रुमध्ये ३१ जना छाडिएको र उनीहरूलाई सरकारले नै होटलमा राखेर आज गन्तव्यमा पठाएको बताए।

उनले भने, 'उहाँहरूसँग सम्बन्धित निकायले माफी पनि मागेको छ। मन्त्री भएकाले म पनि क्षमा माग्न चाहन्छु। नियमअनुसार नै उहाँहरूलाई होटलमा राखेर आज गन्तव्यमा पठाएका छौँ।’

उनले भीभीआईपी सवार हुने भएकाले पराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै राति साढे ११ बजेको फ्लाइट सार्नुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077