Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • जग्गा स्वामित्वमा पुरुष र खेतीपातीमा महिला बढी

    जग्गा स्वामित्वमा पुरुष र खेतीपातीमा महिला बढी

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 348
    SHARES

    काठमाडौं । कृषि जग्गामा पुरुषको स्वामित्व बढी रहे पनि कृषि कार्य तथा खेतीपातीमा महिलाको सहभागिता बढी रहेको तथ्याङ्कले देखाएको छ ।

    दिगो विकास लक्ष्यको सूचकसम्बन्धी राष्ट्रिय कृषिगणना २०७८ बाट प्राप्त नतिजाका आधारमा राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले जनाएको छ ।



    नेपालको जनसङ्ख्यामध्ये ४१ लाख ५४ हजार ३४३ जना (महिला–पुरुष) को नाममा जमिनको स्वामित्व रहेका छन् तर यसमध्ये ६५.५६ प्रतिशत हिस्सा पुरुषको छ भने ३४.४ प्रतिशत हिस्सा मात्रै महिलाका छन् ।



    कृषिगणनाको आधारमा लैङ्गिक विश्लेषणको दृष्टिकोणले कृषक परिवारमा रहेका कुल वयस्क पुरुषमध्ये ४२.९ प्रतिशत पुरुषको कृषि जग्गामा स्वामित्व रहेका छन् भने वयस्क महिलाको हकमा यो प्रतिशत २०.८ मात्र रहेका छन् । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार