Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

डडेल्धुराबाट ‘जय नेपाल’ भन्दै देउवालाई ओलीको फोन – त्यता सबै राम्रो छ नि !

काठमाडौं । झुलाघाट–चिवा भञ्ज्याङ मध्यपहाडी सङ्कल्प यात्राको क्रममा डडेल्धुरा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले डडेल्धुराबाटै कांग्रेस सभापति शेरबहादुर देउवासँग फोन वार्ता गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत फोन वार्ताको सानो अंश सार्वजनिक गर्दै ओलीले डडेल्धुरा पुगेपछि देउवाको याद आएर फोन गरेको उल्लेख गरेका छन् ।

सो क्रममा ओलीले आफू डडेल्धुरा पुगेको बताएपछि देउवाले गृह जिल्लामा स्वागत छ भनेका थिए । सार्वजनिक भिडियोमा ओलीले देउवासँग काठमाडौँतिरको हालखबर सोधेका छ । देउवासँग भएको थप कुराकानीबारे ओलीले केही उल्लेख गरेका छैनन् ।

‘सुन्दर डडेल्धुरा !!, मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौँ भन्ने लाग्यो,’ ओलीले सामाजिक लेखेका छन्, ‘उहाँले आफू काठमाडौँमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो। धन्यवाद शेरबहादुरजी !’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077