Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई छाड्न अस्वीकार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा  शरणार्थीका नेता टेकनाथ रिजाललाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ।

न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले शुक्रबार भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

उनी आफैंले कसुर इन्कार गरेको र नक्कली भुटानी शरणार्थीको प्रकरणमा प्रत्यक्ष संलग्न भएको पुष्टि नभएको उच्च अदालतको आदेश छ।

नरेन्द्र केसीलाई १० लाख र हरिभक्त महर्जनलाई , १५ लाख धरौटीमा रिहा गर्न आदेश उच्च अदालतले आदेश दिएको छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा थुनामा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई भने थुनामै राख्न आदेश दिएको छ।

पूर्वसचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाललाई पनि थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077