Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेले सरकार छोडेपछि देशमा अस्थिरता र मनपरीतन्त्र फैलियो : केपी ओली

अछाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताएका छन्।

शनिबार महाकाली–मेची अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। अध्यक्ष ओलीले एमालेले सरकार छोडेपछि भ्रष्टाचार, तस्करी, मौलाएको दाबी गरे।

उनले सरकारले गुण्डागर्दी र अपराधीहरूलाई संरक्षण गरिरहेको आरोप लगाए। अध्यक्ष ओलीले अहिलेको अवस्थालाई परिवर्तन गर्न र देश विकास गर्न एमाले चाहिने भन्दै देशलाई अघि बढाउने कामको नेतृत्व एमालेबाहेक अरू राजनीतिक दलहरूले गर्न नसक्ने बताए।

अध्यक्ष ओलीले भने, ‘म एमालेका नेता कार्यकर्ताहरूलाई भन्न चाहन्छु, अहिले पनि अरू पार्टीमा अल्मलिएर रहेका साथीहरूलाई नेकपा एमालेमा आमन्त्रण गर्नुस्। एमालेले सरकार छोडेपछि देशको अवस्था के भयोरु सबैले देख्नुभएको छ। बुझ्नुभएको छ। देश ओरालो लागेको छ, देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र यस्तो फैलिएको छ। भ्रष्टाचार, तस्करी, मौलाएको छ।’

अध्यक्ष ओलीले नेकपा एमालेको ध्येय नेपाल र नेपालीलाई समृद्ध बनाउने रहेको बताए।

उनले समृद्ध नेपाल बनाउन सिंगै देशको विकास हुनुपर्ने उल्लेख गर्दै नेपालजस्तो प्राकृतिक सुन्दरता, उर्वरता र खनिजहरूले सम्पन्नता भएको देश गरिब रहनसक्ने देश नभएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077