Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणस्थल अवलोकन गर्दै एमाले अध्यक्ष ओली

दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणस्थलमा स्थलगत अवलोकन गर्ने भएका छन् ।

अध्यक्ष ओलीले पेट्रोलियम पदार्थ अन्वेषणस्थल जलजलेमा अवलोकन तथा सार्वजनिक भेटघाट गर्ने भएका हुन्।

एमालेले चलाएको झुलाघाटदेखि चिवा भञ्ज्याङसम्मको ‘समृद्धिका लागि संकल्प यात्रा’अन्तरगर्त अध्यक्ष ओलीले भैरबी गाउँपालिका-१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणको अवस्थाबारे अवलोकन र स्थानीयसँग भेटघाटको कार्यक्रम तय गरिएको छ।

उनले भोलि दिउँसो साढे २ बजे पेट्रोलियम पदार्थ अन्वेषणस्थल अवलोकन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077