Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१३ किलो चरेससहित कोहलपुरबाट श्रीमान-श्रीमती पक्राउ

कोहलपुर । प्रहरीले कोहलपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पतीलाई पक्राउ गरेको छ।​

लागूऔषध कारोबार गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर-८ पिपिरीबाट रेवन्त राना र उनकी श्रीमती कविता थापालाई पक्राउ गरेको हो ।

उनीहरूबाट प्रहरीले अफिम र चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट बा ५ प ८२१५ नम्बर जिपसहित १२ किलो ७ सय ४ ग्राम चरेस, २ किलो १ सय १६ ग्राम अफिम बरामद गरेको हो ।​

रेवन्त यसअघि पनि विस २०७१ चैत १९ गते जिल्ला प्रहरी बर्दियाबाट लागुऔषध कसुरमा पक्राउ परेका थिए ।

तत्कालीन समयमा रेवन्तविरुद्ध बाँके प्रहरीले २०७२ साल असोज २० गते सार्वजनिक अपराधमा मुद्दा दायर समेत गरेको थियो । पक्राउ परेका दम्पतीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077