Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइके पक्राउ

    अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइके पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 3.5K
    SHARES

    काठमाडौं । अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइके पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वरसहितका स्थानबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।



    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा रामेछापको दोरम्बा–३ घर भई हाल ललितपुर बस्ने २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाको लिखु–७ घर भई हाल कागेश्वरी मनहारा बस्ने ३३ वर्षीय गोपाल थापा र सिन्धुलीको सुनकोसी–६ घर भई हाल कालोपुल बस्ने ४४ वर्षीय सेते सार्की रहेका छन् ।

    यस्तै सल्यानको कपुरकोट–५ घर भई हाल बालाजु बस्ने २५ वर्षीय शिवराज परियार र नुवाकोटको बिदुर–६ घर भई हाल काठमाडौं बस्ने ३० वर्षीय अमृत रोक्का रहेका छन् । उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार