Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइके पक्राउ

काठमाडौं । अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइके पक्राउ परेका छन् ।

काठमाडौं उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वरसहितका स्थानबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा रामेछापको दोरम्बा–३ घर भई हाल ललितपुर बस्ने २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाको लिखु–७ घर भई हाल कागेश्वरी मनहारा बस्ने ३३ वर्षीय गोपाल थापा र सिन्धुलीको सुनकोसी–६ घर भई हाल कालोपुल बस्ने ४४ वर्षीय सेते सार्की रहेका छन् ।

यस्तै सल्यानको कपुरकोट–५ घर भई हाल बालाजु बस्ने २५ वर्षीय शिवराज परियार र नुवाकोटको बिदुर–६ घर भई हाल काठमाडौं बस्ने ३० वर्षीय अमृत रोक्का रहेका छन् । उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077