Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका थप दुई जना पक्राउ

काठमाडौं । अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यकाका विभिन्न स्थानहरुबाट सामाजिक सञ्जाल प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलानचोकको भुमलु गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका लाजिमपाट बस्ने २७ वर्षीय सुरेशकुमार श्रेष्ठ र काठमाडौं महानगर–१४ घर भई हाल कलंकी बस्ने २७ वर्षीय सुरज खड्का रहेका छन् ।

यसअघि आइतबार पनि प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट यही आरोपमा ५ जनालाई पक्राउ गरेको थियो । उनीहरुले अनलाइनमार्फत युवतीहरुको तस्वीर पठाउने, मोलमोलाइ गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077