Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँछ : केपी ओली

दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने दावी गरेका छन्।

दैलेखको सदरमुकाममा आयोजित भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने भन्दै सरकारमा जान कसैले रोक्न नसक्ने दावी गरे।

उनले एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइएको बताए । एमाले जनताको लागि काम गर्ने पार्टी भएको र देश एमालेलेमात्र विकास सक्ने अध्यक्ष ओलीले बताए ।

अध्यक्ष ओलीले आगामी दिनमा विकासको लहर कसरी सिर्जना गर्ने भनेर अध्ययन र चिन्तन गर्न झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरिएको बताए।

उनले एमालेको समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान सही छ भन्ने कुरामा यात्राको क्रममा देखिएको नागरिकको सहभागिताले थप पुष्टि गरेको धारणा पनि राखे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077