Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ३ अंकले घट्यो नेप्से, १ अर्ब १९ करोडको कारोबार

    ३ अंकले घट्यो नेप्से, १ अर्ब १९ करोडको कारोबार

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 477
    SHARES

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सूचक ३ अंकले घट्दै १८ सय ४७.८१ अंकमा ओर्लिएको छ ।

    यसदिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.२ अंकले घट्दै ३५३.२१ अंकमा झरेको छ । सोमबारको गिरावटपछि नेप्से १८४७ विन्दुमा कायम भएको छ ।



    आज डेभलपमेन्ट बैंक, फाइनान्स, जीवन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीमा समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् ।



    ३ अंकले नेप्से घटेको बजारमा आज १ अर्ब १९ करोड ७२ लाख रुपैयाँ बराबरको ३८ लाख ९६ हजार कित्ता सेयर किनबेच भएको छ । १२२ कम्पनीको मूल्य बढ्दा १०९ को घट्यो भने ८ को स्थिर रह्यो ।

    तर, बजारको परिसूचक नेप्से भने अघिल्लो दिनको तुलनामा ३.४ अंक घटेको छ । समग्रमा मूल्य घटेका कम्पनीहरुको कुल पूँजीकरण बढेका कम्पनीहरुको भन्दा बढी भएकाले धेरैजसो कम्पनी बढ्दा पनि बजार घट्न पुगेको हो ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । आइतबार ९६ करोड ४० लाख रुपैयाँको कारोबार भएकोमा सोमबार १ अर्ब १९ करोडको कारोबार भयो । सोमबार अरु समूहभन्दा जीवन बीमामा आकर्षण देखिएको छ ।

    सो समूह ०.९७ प्रतिशतले बढ्यो । बैंकिङ ७, होटल तथा पर्यटन ९, जलविद्युत् २, उत्पादन १७, माइक्रोफाइनान्स १, अन्य ८ र व्यापार उपसमूह १२ अंक घटे । जीवन बीमा समूह ९८ तथा निर्जीवन बीमा समूह ३४ अंक बढे । विकास बैंक १ र फाइनान्स समूह ९ अंक बढे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार