Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोर्चुगल पठाईदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने सुष्मा प्रहरी फन्दामा

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पोर्चुगल पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका-४ घर भई हाल तार्केश्वर नगरपालिका बस्ने ४३ वर्षिय सुष्मा कुमारी खड्का रहेकी छन्।

पक्राउ परेकी खड्काले राजु शाहीलाई वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई दिने भन्दै ७ लाख ५० हजार ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

खड्काले मासिक १ लाख २० हजार भन्दा बढी कमाई हुने भन्दै राजुसंग ११ लाख रुपैयाँ मागेका थिए । खड्काले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खड्कालाई आज ग्राण्डी अस्पतालबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकी खड्कालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077