Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रहरीलाई घुस दिन खोज्ने सानुकान्छा समातिए

काभ्रेपलाञ्चोक । ड्युटीमा रहेको प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जिल्लाको रोशी गाउँपालिका– ८ बस्ने ५९ वर्षका सानुकान्छा तामाङलाई पक्राउ गरेको हो ।

प्रहरीले बिपी राजमार्गअन्तर्गत जिल्लाको धुलिखेल नगरपालिका–११ अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङमा सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले चालक अनुमति पत्र (लाइसेन्स) माग्ने क्रममा ब्लु बुकभित्र एक हजार रुपियाँ राखी प्रलोभनमा पार्ने खोजेको आरोपमा सानुकान्छा तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोस्ट काभ्रेभन्ज्याङ र ट्राफिक प्रहरीको संयुक्त सवारी चेकजाँच गर्ने क्रममा काठमाडौँबाट भकुण्डेतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३७ प ०९९७ नम्बरको स्कुटर चेकिङ गर्ने क्रममा लाइसेन्स माग्दा तामाङले ब्लु बुकभित्र एक हजार राखी प्रलोभनमा पार्न खोजेको आरोप छ ।

पक्राउ परेका तामाङमाथि जिल्ला प्रशासन कार्यालय काभ्रेबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077