Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

डलर तथा नक्कली सुन देखाइ ठगी गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं । अमेरिकी डलर तथा नक्कली सुन देखाइ ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

स्थायी घर रोशी गाउँपालिका – ११ भई हाल काठमाडौँ विजेश्वरीमा वर्कसप सञ्चालन गर्दै आएका ३८ वर्षी प्रेम कुमार लामालाई अमेरिकी डलर १२ लाख रुपियाँ साटिदिने भनी, टोखाका लक्ष्मण रावलको १० लाख रुपियाँ, गोकर्णेश्वर नगरपालिका–६ का सुजन बराइलीलाई नक्कली सुन देखाइ २० लाख रुपियाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बु घर भई हाल काठमाडौँ गोकर्णेश्वर बस्ने ४२ वर्षीय टाँसी लाक्पा शेर्पा, सिन्धुपाल्चोकका ४४ वर्षीय राजेन्द्र भण्डारी, ३४ वर्षीय विष्णु भण्डारी, २४ वर्षीय निर्मल भण्डारी, २५ वर्षीय सुजन तामाङ र ३२ वर्षीय कमल खड्का रहेका छन् ।

उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बौद्ध र प्रहरी वृत्त स्वयम्भू पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077