Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्रोत नखुलेको सुनचाँदी र नगदसहित भारतीय नागरिक पक्राउ

काभ्रे । स्रोत नखुलेको सुनचाँदी र नगदसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र घर भई हाल बनेपा नगरपालिका–७ बिकुटोलमा बस्ने ३९ वर्षका सचिन विभुते रहेका छन् ।

बिल नभएको सुन जस्तो देखिने पहेँलो धातु २० तोला, चाँदी जस्तो देखिने सेतो धातु १६२ तोला, स्रोत नखुलेको नगद पाँच लाख ७६ हजार १३५ र २२ हजार रुपैयाँसहित एकजना भारतीय नागरिकलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बरामद गरिएको सुनचाँदी, रकम र विभुतेलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077