Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सेयर बजारमा दोहोरो अंकको गिरावट

    सेयर बजारमा दोहोरो अंकको गिरावट

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 405
    SHARES

    काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आइतबार ७.२९ अंकले घटेको नेप्से परिसूचक ३.४२ अंकले घटेर १८४७.८१ अंक कायम भएको छ।

    दिनभर २ सय ९२ स्क्रिप्टको ३८ लाख ९६ हजार २ सय ८७ कित्ता सेयर १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८ सय ९४ रुपैयाँमा खरिदबिक्री भए। जीवन बीमाबाहेक सबै समूहका सूचक घटेका छन् ।



    सो समूह करिब १७ अंक बढ्यो । उत्पादन समूह सबैभन्दा धेरै २.५ प्रतिशत घट्यो । बैंकिङ २, विकास बैंक १५, फाइनान्स १३, होटल तथा पर्यटन ८७, जलविद्युत् ११, उत्पादन १२४, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा ४२, अन्य ७ र ब्यापार उपसमूह ३० अंक घटे ।



    सिंगटी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । माहुली लघुवित्तको ३.९, ग्लोबल आईएमई लघुवित्तको ३.४, नेसनल हाइड्रोको २.९ प्रतिशत मूल्य बढ्यो ।

    त्यस्तै विशालबजार कम्पनीको ९.५, माउन्टेन इनर्जीको ८.९, उन्नति सहकार्य लघुवित्तको ८.८ प्रतिशत मूल्य घट्यो ।

    कारोबार रकमका आधारमा माउन्टेन इनर्जी, सिटिजन लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सोनापुर सिमेन्ट र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार