Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अस्थिरताको फाइदा उठाउँदै देशमा राजावादी सलबलाए : केपी ओली

सल्यान । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अराजकताले देश विकास निर्माणमा पछाडि धकेलिएको बताएका छन् ।

एमालेको जारी मध्यपहाडी लोकमार्ग संकल्प यात्राको क्रममा सल्यानको सल्लीबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

यही कारण देशको आर्थिक अवस्था झनै कमजोर अध्यक्ष ओलीको भनाई छ । बढ्दो अराजकताले देशमा विभिन्न किसिमका अभाव सिर्जना भएको अध्यक्ष ओलीले बताए ।

अध्यक्ष ओलीले भने, ‘अराजक र अस्थिरताको फाइदा उठाउँदै देशमा राजावादी सलबलाएका छन् । राजनीतिक दलका नेता नसच्चिए त्यसको परिणाम सबैले भोग्नु पर्छ।’

एमाले सरकारबाट बाहिरिएको ढाई वर्ष नबित्दै देशमा आर्थिक, सामाजिक, सांस्कृतिक, सुशासन धरापमा परेको र भ्रष्टाचार मौलाएको अध्यक्ष ओलीले दाबी गरे ।

अध्यक्ष ओलीले एमाले सरकारको पालामा भएको विकास निर्माण, सुशासन तथा हरेक कामकाज देखेर प्रतिपक्षमा बसेका दल आत्तिएका मात्र नभई उनीहरुले बाह्य शक्तिको आडमा पार्टीभित्र प्रहार गरी एमालेलाई सत्ताबाट बाहिरिन बाध्य बनाएको दाबी गरे।

दलीय चलखेलका कारण अहिले विकास ठप्प भएको र राजनीतिक प्रतिशोधका कारण एमालेले संचालन गरेका आयोजनासमेत अघि बढ्न नसकेको अध्यक्ष ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077