Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • गठबन्धन सरकारका कारण देशमा आर्थिक संकट गहिरियो : केपी ओली

    गठबन्धन सरकारका कारण देशमा आर्थिक संकट गहिरियो : केपी ओली

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 360
    SHARES

    रुकुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आर्थिक संकट गहिरिँदै गएको बताएका छन् ।

    बैतडीदेखि चिवाभञ्याङ पाँचथर यात्राका क्रममा आज रूकुम पूर्वको जिल्ला सदरमुकाम रूकुमकोटमा आयोजित सभामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।



    अध्यक्ष ओलीले वर्तमान सरकारले देशको अर्थतन्त्रलाई जोगाउन असफल भएको आरोप समेत लगाए। अध्यक्ष ओलीले गठबन्धन सरकारका कारण अर्थतन्त्र डामाडोलको अवस्थामा पुगेको आरोप लगाए।



    अध्यक्ष ओलीले देश अहिले ऋणको भरमा चलिरहेको बताए । देशभित्रका दलाल पुजीवादी र देश बाहिरका तत्वहरुले देशलाई अस्थिर बनाउन खोजिरहेको आरोप लगाए।

    उनले अहिले कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको भन्दै दु:ख व्यक्त गरे ।

    अध्यक्ष ओलीले भने,’यही गतिमा जाने हो भने त देश ध्वस्त हुने भयो । यस्तै अवस्था रहने हो भने यो सरकारलाई विस्थापित गर्नुपर्ने हुनसक्छ।’

    एमालेले स्थानीय माग र आवश्यकताहरूको पहिचान गरेर समाधनका उपायहरू खोज्न पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा तय गरेको पनि ओलीको भनाइ थियो ।

    यात्राका क्रममा अध्यक्ष ओलीको टिम हिजो राति रूकुमकोटमै बास बसेर सर्वपक्षीय छलफल तथा कोणसभाको आयोजना गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार