Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषधसहित नवलपरासीबाट एक जना पक्राउ

नवलपरासी । नवलपरासी वर्दघाट  प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पल्हिनन्दन गाउँपालिका ४ लोहरौलीका २१ वर्षीय सागर गुप्ता छन्। नवलपरासीको रामग्राम नगरपालिका ४ केरवानीमा नियमित चेकजाँचमा प्रहरी टोली खटिएको थियो।

लु ६४ प ३७८७ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकलमा सवार तीन जनामध्ये २ जना भागेका थिए।

भाग्न नभ्याएका सागर गुप्तालाई नियन्त्रणमा लिइ उनले बोकेको कालो झोला खानतलासी गर्दा लागूऔषध बुप्रेनोर्फाइन १९६ एम्पुल, डाइजेपाम १९८ एम्पुल, फेनेर्गन १९८ एम्पुल र हेरोइनजस्तो देखिने खैरो पदार्थ १२ ग्राम बरामद भएको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुप्तालाई जिल्ला प्रहरी कार्यालय राखिएको र फरार रहेका दुई जनाको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077