Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ३ अंकले बढ्यो सेयर बजार, १ अर्ब १४ करोडको कारोबार

    ३ अंकले बढ्यो सेयर बजार, १ अर्ब १४ करोडको कारोबार

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 483
    SHARES

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबारदेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ।

    आजको वृद्धिपछि बजार १८४१ अंकमा कायम भएको छ ।बुधबार भने बजारको परिसूचक नेप्से ३.३ अंकले बढ्यो ।



    नेप्सेमा सुधार देखिए पनि कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १ अर्ब ५४ करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा बुधबार जम्मा १ अर्ब १४ करोडमा खुम्चियो ।



    कुल १२१ कम्पनीको मूल्य बढ्दा १०६ को घट्यो भने १३ को स्थिर रह्यो।समग्र सेयर बजार घट्दा बीमा समूहमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । बीमाका अलावा व्यापार ११, अन्य ६, विकास बैंक ३, माइक्रोफाइनान्स समूह १६ अंक बढे ।

    बैंकिङ १, फाइनान्स ३, होटल तथा पर्यटन १९, जलविद्युत् १, उत्पादन तथा प्रशोधन ३३ अंक घटे । ग्लोबल आईएमई लघुवित्तको मूल्य १० प्रतिशत बढ्दा विजय लघुवित्तको ८ प्रतिशत बढ्यो । मन्दाकिनी हाइड्रोको ७.८, मोलुङखोलाको ७.८, माउन्टेन इनर्जीको मूल्य ६.२ प्रतिशत बढ्यो ।

    हिजोसम्म माउन्टेन इनर्जी कम्पनीको मूल्यमा उच्च गिरावट देखिएकोमा बुधबार सम्हालिएको छ । सिंगटी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत घट्यो । अघिल्लो दिन १० प्रतिशत मूल्य बढेको यो कम्पनीको मूल्य बुधबार भने उच्च दरले घटेको हो ।

    सबैको लघुवित्तको ५ तथा मिथिला लघुवित्तको मूल्य ४.५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी, सिटिजन लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार