Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

रातको समयमा साढे १३ लाख रुपैयाँ बराबरको धनमाल चोरी, तीनजना पक्राउ

काठमाडौं । रातको समयमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थायी घर भारत भई हाल काठमाडौँ बस्ने २१ वर्षीय कृष्ण पोदार, १९ वर्षीय फ्रुटी भन्ने किसन गिरी र ३० वर्षीय विक्रम गर्तौला रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका वडा नं.९ गौशालास्थित बालकृष्ण श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा १३ लाख ५० हजार रुपियाँ बराबरको धनमाल चोरी गरी लगेको घटनामा अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरूलाई सिनामंगल शम्भुमार्गबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077