Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालीलाई भारतीय बनाएर क्यासिनोमा प्रवेश गराएको खुलासा, तीनजना समातिए

काठमाडौं । नेपाली नागरिकलाई काठमाडौँका विभिन्न क्यासिनोमा प्रवेश गर्नका लागि भारतीय आधारकार्ड दिने गरेको खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सो कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखाको मेलुङ स्थायी घर भई काठमाडौंको बुढानिलकन्ठ बस्दै आएका ४७ वर्षीय गोविन्द खड्का, ओखलढुंगाको चिसंखुगढी स्थायी घर भई ललितपुरको नखिपोट बस्ने ३९ वर्षीय नविन राई र रुपन्देहीको तिलोत्तमा घर भई काठमाडौंको तारकेश्वर बस्ने २५ वर्षीय विनोद न्यौपाने रहेका छन्।

नेपालीहरुलाई क्यासिनोमा प्रवेश गर्न प्रतिबन्ध छ । त्यसैले उनीहरु भारतीय आधार कार्ड देखाएर प्रवेश गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सो कार्यमा संलग्न तीन जनामाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077