Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • अब राजनीतिक दलले पार्टीको मात्रै नभई विकास निर्माणको काम गर्नुपर्छ : केपी ओली

    अब राजनीतिक दलले पार्टीको मात्रै नभई विकास निर्माणको काम गर्नुपर्छ : केपी ओली

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 465
    SHARES

    बागलुङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब राजनीतिक दलले पार्टीको मात्रै नभई विकास निर्माणको काम गर्नुपर्ने बताएका छन् ।

    झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका यात्राका क्रममा बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विकास विस्तारै विकटका ठाउँसम्म पुगेको बताए ।



    अहिलेसम्म विकासले नजोडिएका ठाउँमा तत्काल जोड्नतर्फ लाग्नुपर्ने भन्दै अब गाउँलाई प्रविधिसँग जोड्न जरुरी रहेको उनले बताए । अहिलेको सरकारले एमालेले खबरदारीसँगै रचनात्मक सहयोग समेत गर्दै आएको अध्यक्ष ओलीको भनाइ छ ।



    अघिल्लो महिना गएको भूकम्पका कारण घरबारविहीन भएका जाजरकोट र रुकुम पश्चिममा एमालेले मङ्सिर १ गतेदेखि भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न ११ सय स्वयंसेवक परिचालन गरिरहेको र आठ सय बढी अस्थायी घर निर्माण गरी हस्तान्तरण गरेको उनको दाबी छ ।

    अध्यक्ष ओलीले भने, “एमाले जुनसुकै बेला पनि नेपाली जनताको साथमा छ, जनताको पक्षमा छ, अब दलहरूले पार्टीको मात्रै काम गर्ने होइन, विकास र समृद्धिका लागि काम गर्नुपर्छ, मुलुकमा विकासले विस्तारै गति लिँदै छ, अब हरेक ठाउँमा प्राविधिक शिक्षाको पढाइ हुने वातावरण तयार गर्नुपर्छ, गाउँलाई प्रविधिसँग जोडेर समृद्धि हासिल गर्नु जरुरी छ ।”

    मङ्सिर १४ गतेदेखि सुरु भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी लोकमार्ग यात्राको क्रममा एमालेको टोली बुधबार पश्चिम बागलुङ आइपुगेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार