Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • गठबन्धन सरकारको गन्तव्य नै छैन : केपी ओली

    गठबन्धन सरकारको गन्तव्य नै छैन : केपी ओली

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 420
    SHARES

    बागलुङ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार असफल सरकार भएको दाबी गरेका छन्।

    बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्ग हुँदै बागलुङको सदरमुकाम पुगेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले वर्तमान सरकार असफल मात्र नभइ चरम असफल भएको र राजीनामा दिनुपर्ने बताए।



    अध्यक्ष ओलीले भने,‘गैरजिम्मेवार र इमान नभएर सरकारमा बसेको छ। नत्र राजीनामा गरेर घर जानुपर्ने हो। लाज नमानेर र लाज नभएर कसरी बसिराखेको छ सरकारमा अच्चम लाग्दो छ।’



    अध्यक्ष ओलीले देशमा अस्थिरता, अराजकता, जनताहरुमा निराशा बढ्दो रहेको र युवाहरु पलायन भइरहेको बताए। कर्मचारीहरुलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाएको बताउँदै अध्यक्ष ओलीले सरकारले कुन मुखले सरकार हुँ भनेर कुर्चिमा बसेको छ भन्दै प्रश्न गरे।

    उनले वर्तमान सरकारले राष्ट्रघाति काम गर्ने, देशको इज्जत समाप्त पार्ने, स्वाधीनता कमजोर पार्ने, राष्ट्रिय हितको रक्षा गर्न नसक्ने र भूमिको रक्षा गर्न नसक्ने दाबी गरे।

    वर्तमान सरकारसँग कता जाने भन्ने गन्तव्य नै नभएकोले जनतामा निराशा पैदा भएको अध्यक्ष ओलीको भनाई छ। उनले सरकारले समृद्ध नेपाल भन्न नसकेको र जनता खुसी हुनुपर्छ भन्ने धारणा नै नभएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार