Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रिय हितको रक्षा गर्न सक्दैन : केपी ओली

बागलुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल 'प्रचण्ड'नेतृत्वको सरकारले राष्ट्रघाती काम गर्ने आरोप लगाएका छन्।

मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्राको क्रममा बागलुङको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले प्रचण्ड सरकारले देशको इज्जत समाप्त पार्ने टिप्पणी गरे ।

अध्यक्ष ओलीले भने, ‘यो सरकारले स्वाधीनता कमजोर पार्छ । राष्ट्रिय हितको रक्षा गर्न सक्दैन । भूमिको बारेमा मुद्दा बोक्न सक्दैन । विकासको काम एमालेको पालामा भएका थिए, अहिले ठप्प छ । तैपनि यो सरकार बसिरहेको छ ।’

देश आर्थिक संकटसँग गुज्रिँदै गइरहेको अध्यक्ष ओलीको भनाइ छ । अध्यक्ष ओलीले सरकार गरैजिम्मेवार भएर इमान नभएर बसेको बताए ।

यो सरकारकै कारण देशको राजनीतिमा अस्थिरता र अराजकता बढेको अध्यक्ष ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077