Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिका पठाइदिन्छु भन्दै ६४ लाख रुपैयाँ ठगी, एक जना पक्राउ

काठमाडौं । रोजगारीका लागि अमेरिका पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको टिकापुर घर भई हाल काठमाडौं बस्ने २८ वर्षीय रमेश न्यौपाने रहेका छन् ।

न्यौपानेले गणेश अधिकारीसमेत ५ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु, होटलमा काम लगाइदिन्छु भन्दै ६४ लाख ४५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेका थिए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार न्यौपानेलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077